थप २ सय ७१ जनामा कोरोना, १ जनाको मृत्यु


काठमाडौं,  १५  भदौ  (असनबजार पत्रिका)  :  देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ४ सय ८५ जनाको पीसीआर र १ हजार ४ सय ३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार १ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?