गठबन्धनमा कुरा मिल्ने संकेत, कांग्रेसको भागमा ८५ देखि ९० सिट


 

काठमाडौं,  १६  भदौ  (असनबजार पत्रिका)  :  सत्ता गठबन्धन नेपाली कांग्रेसलाई ९० सिट दिएर आगमी निर्वाचनमा जाने दिशातर्फ अगाडि बढेको सम्बन्धित नेताहरूले दबी गरेका छन् ।

गठबन्धन सम्बद्ध दलका एक नेताका अनुसार नेपाली कांग्रेसले दाबी गर्नका लागि १०० सिट भनेता पनि कांग्रेसको धरातलीय स्थिति त्यस्तो नदेखिएकाले उस्ले ८५ देखि ९० सिटमा उदार चित्त देखाउनु पर्नेछ ।

उनको कथन छ, गठबन्धनको सरकार बनेदेखि यता जनतामा कुनैपनि दलको स्थिति उत्साहजनक नभएको देशी विदेशी एजेन्सीहरू र दलहरूको आफ्नै संयन्त्रको आँकलनअनुसार पनि स्पष्टता नभएकाले गठबन्धनभित्र मिलेर जानुबाहेक अन्य विकल्पका सम्बन्धमा सोच्नु अहिलेका लागि उपयुक्त नभएकाले गठबन्धनभित्र मिलीजुली चुनाव लड्नु नै श्रेयष्कर हुनेछ । कांग्रेसले ठूलो दल भनेर हाँकधाँक देखाउँछ भने उस्को लागि स्वतन्त्र मार्ग खूल्ला छ । त्यस्तै अरुका लागि पनि ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले १०० सिटको दाबी छोडेको ती नेताले बताए ।
ती नेताका अनुसार, प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले बाहिर जे–जस्ता कांग्रेसको अडानका बारेमा हल्ला बाहिर आएता पनि सत्य कुरा कांग्रेस गठबन्धन चाहन्छ, यो हाम्रो केन्द्रीय समितिको निर्णय हो, त्यसकारण विवाद नगरौं, तालमेलतर्फ जाऔं, सबैले यो कुरालाई बुझेर आ–आफ्नो सिट संख्याका बारेमा दाबी प्रतिदाबी नगरौं भन्ने लचिलो अभिव्यक्ति दिएका थिए ।

कांग्रेसले आफ्नो पूर्ववर्ती मागदाबी छोड्नेबित्तिकै माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि आफ्नो अडानमा परिवतएन गर्न राजी हुने संकेत देखिएको छ ।

चार दलले कांग्रेसलाई ८० देखि ८५ सिटमा  सहमति गराउन चाहेको बताइएको छ । अन्य चार दलले ७५ देखि ८० सिट बाँडफाँट गर्न चाहेका छन् । उनीहरू प्रत्यक्षतर्फका प्रतिनिधि सभाको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० सिटमा सिट बाँडफाँट गरेर चुनावी अभियानमा जाने सोचाइमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?