चोलेन्द्रशम्शेरको प्रश्न : महाभियोग लगाउनेहरू छानबिन समितिमा बस्न मिल्छ ?


काठमाडौं, १६ भदौ (असनबजार पत्रिका) :  प्रतिनिधिसभा महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँगको बिहीबार दोस्रो दिनको बयान लिने कार्य सकिएको छ । बिहान ११ बजे सिंहदरबारमा उपस्थित भएका जबरालाई समितिका सदस्यहरूले दुई वटा मात्र प्रश्न मात्र सोधेकोमा उनले सो प्रश्नको जवाफ दुई घन्टा लागाएर दिएका थिए ।

जबराविरुद्ध गत फागुन १ मा सतारुढ ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । ६ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका जबराको महाभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा सवाल जवाफ प्रारम्भ भएको छ ।
जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गर्दै प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरे ।
जबराले आफूमाथि लागको आरोप गलत भएको बताउँदै महाभियोग प्रस्तावकर्ताहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत उठाए ।

जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको दाबीसमेत गरे । समितिले  जबरालाई बाँकी बयानका लागि  भदौ १९ मा बोलाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?