नेपाल नेपालीले चलाउने हो, अरूले होइन : ओली


काठमाडौं,  १७  भदौ  (असनबजार पत्रिका)  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल नेपालीले नै चलाउनुपर्ने बताएका छन् ।

झापामा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले मुलुकमा विदेशी हस्तक्षेप बढेको भन्दै नेपाल नेपालीले नै बनाउनुपर्ने उल्लेख गरे । ‘देश बनाउने युवाले हो, देश बनाउने आत्मविश्वासले हो, देश बनाउने उद्यमशीलताले हो’, उनले भने ।

ओलीले अगाडि भने, ‘हरेक देशले लडेर आफ्नो राष्ट्रियताको रक्षा गरेको छ, हाम्रा राष्ट्रिय हितहरूमा, अडानहरूमा हामी अडिए पुग्छ, नेपाल नेपालीले चलाउने हो, अरूले होइन, नेपाल नेपालीले बनाउने हो अरूले होइन’, अध्यक्ष ओलीको भनाइ थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?