२०६ जनामा कोरोना, तीनजना सङ्क्रमितको मृत्यु


काठमाडौं,  १७  भदौ  (अबप) :  पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८ सय ६९ जनाको कोरोना परीक्षण गर्दा २सय ६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

एक हजार ५ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३४ र एक हजार २ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ। त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८ सय ९१ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?