कला, संस्कृति भजन महागुठीको नवौं महाधिवेशन सम्पन्न


भक्तपुर,  १९  भदौ  (असनबजार पत्रिका) :  कला, संस्कृति भजन महागुठीको पाँचौ अधिवेशन तथा नवौं वार्षिक साधारणसभा शनिबार बाराही पीठ मन्दिर परिसरमा  सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डा. भूचन्द्र वैद्यले कुनैपनि न्यास, ध्यान गर्दा त्यसको अर्थ बुझेर गरेमा लक्ष्य र गन्तव्यमा पुग्न मद्दत पुग्ने विचार व्यक्त गरे । संस्थाका पूर्वअध्यक्ष जननीप्रसाद मूलले महागुठी गठन गर्नुपर्ने औचित्यमाथि प्रकाश पार्दै भक्तपुरमा परम्परागत रूपमा चलिआएको स्थानीय भजनको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको  औंल्याए ।

संस्थाका सचिव रामेश्वर भुजुले महागुठीको विविध गतिविधिका सम्बन्धमा जानकारी दिए । कोषाध्यक्ष पुष्पनारायण श्रेष्ठले महागुठीको आयव्यय प्रस्तुत गर्दै आगामी दिनमा संस्थालाई  आर्थिक रूपमा सबल पार्दै लानुपर्ने विचार व्यक्त गरे ।

अध्यक्ष गोविन्दमान श्रेष्ठले परम्परागत स्थानीय भजन, कीर्तनलगायत अन्य भाषाभाषीका भजनहरूको पनि संर्वधन गर्नेतर्फ आगामी दिनमा महागुठीले विचार पु–याउने बताए । सहसचिव सरजु प्रधानांगले संस्थाको तर्फबाट आयोजित विविधि कार्यक्रमका सम्बन्धमा प्रकाश पारेका थिए ।

महागुठीको सम्पन्न नवौं अधिवेशनले गोविन्दमान श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ । जसअनुसार, उपाध्यक्ष द्वयमा ध्रुवनारायण श्रेष्ठ, पुण्यराम सुवाल छन् भने सचिवमा रामेश्वर भुजु तथा सहसचिवमा निरमा राजोपाध्याय रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सरजु प्रधानांग र सहकोषाध्यक्षमा तुल्सीभक्त कोजूलाई चयन गरिएको छ ।

नयाँ कार्यसमितिको सदस्यहरूमा राजाराम श्रेष्ठ, सिद्धकुमार अवाल, कान्छी साखकमी, कृष्णगोपाल त्वायना, लक्ष्मण पलिखेल, शशिवदन हाडा रहेका छन् ।
कार्यक्रममा विभिन्न दाफा, ढलक र रास भजन समूहको तर्फबाट सांस्कृतिक भजन, कीर्तन प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?