भारतीय सेनाध्यक्ष र प्रधानसेनापतिबीच भेटवार्ता


काठमाडौं, २० भदौ ( अबप)  : भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको हो ।

प्रधानसेनापति शर्मालाई भेट्नुअघि सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभयो । यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?