क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको आरोपमा


काठमाडौं,  २२  भदौ  (अबप)  :  नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा लागेको छ । पीडित किशोरीले लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसर टेकुमामा उजुरी दिएको छ।

नेपाली क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछाने अहिले वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न उतैतिर लागेका छन् । केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी सम्हालेका छन् । नेपाली टोली आजै बुधबार स्वदेश फर्कंदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसैको अघिल्लो दिन भदौ ५ गते लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको उजुरी किशोरीले दिएको प्रहरीले जनाएको छ । प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् । किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर आफुलाई लामिछानेले जबर्जस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आएका लामिछाने चर्चित इन्डीयन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएको छ । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका लामिछाने विश्व चर्चित क्रिकेटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?