थप २२७ जनामा कोरोना सङ्क्रमण


काठमाडौं,  २३ भदौ  : पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४०१ कोरोना परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ५१८ जनाको पीसीआर परीक्षण गर्दा १३७ र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७३  छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ५९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?