प्रधानमन्त्री देउवाद्वारा शोक पुस्तिकामा हस्ताक्षर


काठमाडौँ, २५ भदौ  : प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज दूतावास पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन भएको हो । यसैबीच नेपाल सरकारले ब्रिटेनकी महारानीको असामयिक निधनमा तीन दिने शोक मनाउने निर्णय गरको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?