क्षेत्र नं ६ काठमाडौंमा “जनताकाे साथमा काँग्रेस अभियान-२०७९” सफलतापूर्वक सम्पन्न


एनपी पन्त

काठमाडौं, भाद्र २४ नेपाली काँग्रेस क्षेत्र नं ६ ले “जनताकाे साथमा काँग्रेस अभियान-२०७९” सफलतापूर्वक सम्पन्न गरेकाे छ । सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा भएकाे कार्यक्रमलाई युवानेता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि जितजंग बस्नेतले सम्बाेधन गर्नुभएकाे छ । उहाँले बिपी जयन्तीकै दिन गरिएकाे यस अभियानलाई जसरी पनि सफल पार्न अाग्रह गर्नुभयाे । बिपीकाे सम्मान र स्मरण हुनुपर्छ भन्दै बस्नेतले “बिपीले देखाएको बाटाेमा थाेरै हिंडेपनि पुग्छ । सबैलाई म बिपीले देखाएको बाटाेमै हिंडन अनुराेध गर्दछु”

“जनसम्बन्ध सुदृढ गर्न याे अभियान अाएकाे हाे । हरेक क्रियाशील सदस्यले याे अभियानसँग जाेडिएर क्रियाशील हुनुपर्ने” बताउनुभयो । “टिकट एउटालाइ दिंदा अर्कोलाई अन्याय हुन्छ ! अर्काले पाउनासाथ मलाई अन्याय भाे भन्न मिल्दैन ! सबै एकजुट भएर रूखमा भाेट हाल्न लगाई काँग्रेसलाई जिताउनुपर्छ । काँग्रेसले जित्नैपर्छ । काँग्रेसले नजिते देश संकटतर्फ जान्छ । कम्युनिस्टहरू चुनावकाे माैका छाेपी देशलाई अप्ठ्यारोमा धकेल्ने दाउमा छन्” उहाँको भनाई थियाे । MCC मा राष्ट्रघात नभएकाे भन्दै नागरिकता विधेयकमा राष्ट्रपतिकाे भूमिका अभिभावकीय नदेखिएको बताउनुभयाे ।

काँग्रेसले अाजसम्म शिर झुकाउने काम गरेकाे छैन । गठबन्धनको नाममा काँग्रेस घुँडा टेक्दैन । कम्युनिस्टहरूले काँग्रेसलाई उचाल्न खाेजेकाे हामीलाई थाहा छ, यस अभियानमार्फत कम्युनिस्टहरूका कर्तुत जनताका सामु लैजानुपर्ने उहाँको भनाई छ ।
त्यसैगरी, कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काँग्रेस काठमाडौंका सभापति कृष्ण सवुज बानियाँले हामी सबैले मन, वचन र कर्मले “जनताकाे साथमा काँग्रेस अभियान-२०७९” लाई सफल पार्न लाग्नुपर्ने बताउनुभयाे । पार्टी विधान अाफ्ना लागि मात्र हुनसक्दैन भन्दै सभापति बानियाँले संघर्ष, दुःख, त्याग, तपस्या र याेगदान गरेका सबै साथीहरूलाई सिफारिसमा समावेश गरिनुपर्ने बताउनुभयाे । उहाँले गत स्थानीय चुनावमा पार्टीलाइ घात गरी कारबाहीको लागि सिफारिस गरेकाे व्यक्तिलाई प्रदेशसभा सदस्यकाे समानुपातिकमा कुन विधि/विधान अन्तर्गत सिफारिस गरेकाे भनी प्रतिप्रश्न समेत गर्नुभयाे । उहाँले पार्टीकाे निर्णयलाई भने शिराेधार्य गरिने बताउनु भएकाे छ ।

“हामी सबैले उद्देश्यमा केन्द्रित हुनुपर्छ । टिकटमा महिला र युवाहरूले प्राथमिकता पाउनुपर्छ । म पनि क्षेत्र नं ६ काे अाकांक्षी हुँ” भन्दै बानियाँले अाफुलाई यसपटक सबैकाे साथ र सहयाेग रहने बताउनुभयाे । टिकट जसले ल्याएपनि मान्दिन ! भन्नु नहुने उहाँको सुझाव थियाे । सांसद भीमसेनदास प्रधानलाई यसअघि “मेराे अन्तिमपटक हाे, अब म उठ्दिन” भनेकाे स्मरण गराउँदै उहाँले प्रधानलाइ प्रतिस्पर्धामा नअाएर सम्मानित बनेर यसपटक अाफुलाइ सहयाेग गर्न अाग्रह गर्नुभयाे । काठमाडौं १० वटै निर्वाचन क्षेत्रमा काँग्रेस अत्यन्त बलियाे रहेकाे जानकारी दिदैं जिल्ला सभापति बानियाँले गठबन्धन नगरेपनि काँग्रेस देशभर विजयी हुने ठाेकुवा गर्नुभयाे ।

क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले बिपीकाे स्मरण गर्दै द्वन्द्वकाे निकास सँधै काँग्रेसले नै दिएकाे बताउनुभयाे । सबैले लड्न हुने म किन नहुने, भन्दै सांसद प्रधानले अाफुले क्षेत्र नं ६ मा फेरि उठ्न चाहेकाे र जनताकाे पनि इच्छा यही रहेकाे बताउनुभयो । ७० बर्ष नाघेपछि चाहिँ अाफु कुनैपनि चुनावमा नउठ्ने वाचा गर्दै प्रधानले काठमाडौं जिल्लाले गरेकाे सिफारिस र निर्णयमा अाफु सहमत नरहेकाे दाेहाेर्याउनुभयाे ।
पार्टीभित्र “परिश्रम र परिक्रमा” गर्ने “गणेश र कुमार” प्रवृत्तिको चर्चा गर्दै प्रधानले काँग्रेसभित्र जनप्रिय र धनप्रियकाे लडाइँमा धनप्रियले हार्ने र तिनैलाई बिपीले पनि सुकिलामुकिला भनेकाे दावी गर्नुभयाे ।
कार्यक्रमलाई नेपाली काँग्रेस बागमती प्रदेशका सहमहामन्त्री एवं बागमती प्रदेशसभा सदस्य जीवन डंगाेल, काठमाडौं महानगरका पूर्व-उपमेयर हरिप्रभा खड्गी, नेका प्रदेश क का सभापति ख्यामराज तिवारी, प्रदेश ख का सभापति विष्णुभक्त तिमल्सिना, नेका टाेखा र तारकेश्वर नगरका सभापतिद्धय अाेमकृष्ण विमली र कृष्णहरि महर्जन, काँग्रेस क्षेत्रीय प्रवक्ता चन्द्रा न्याैपाने (कवितामार्फत) ले सम्बाेधन गरेका थिए । उक्त कार्यक्रम काँग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?