नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध : प्रधानमन्त्री देउवा


काठमाडौँ,  २८  भदौ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

यसैगरी परराष्ट्रमन्त्री डा नारायण खड्कासँग अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज यहाँ भएको भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?