आजदेखि चाडपर्वका लागि नयाँ नोट साट्न पाइने


काठमाडौं,  २९ भदौ  (अबप)  :  सर्वसाधारणले दसैं, तिहार र छठका लागि आज २९ भदौदेखि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गरेको छ ।

सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँबराबर नयाँ नोट सटही सुविधा पाउने छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक–एक वटा बन्डल गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यलयनमा गएर नयाँ नोट साट्न सकिने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?