चिनियाँ नेता लीले भने, ‘नेपाली कलासंस्कृति चिनियाँसँग मिल्दोजुल्दो’


भक्तपुर,  २९  भदौ  :  नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । र्नुभएको छ । बुधबार बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका थिए ।

 

अध्यक्ष लीसहितको प्रतिनिधिमण्डलका सदस्यहरुले दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरब नाचको अवलोकन गरे । अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताए । उनले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार र सुन्धाराको अवलोकन गर्दै यहाँका सम्पदाहरुमा भूकम्पले पु¥याएको क्षतिबारे पनि जानकारी लिए।

 

जात्रा, पर्व, नाचहरुका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेकोसमेत बताएका थिए। पाँचतले मन्दिरको अवलोकनपछि बिदाइका क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष लीले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गरेका थिए । अध्यक्ष लीले आजै अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?