मौसम : आंशिकदेखि सामान्य  बदली  रहने


काठमाडौं,  २९ भदौ :  देशभर मौसम आंशिकदेखि सामान्य  बदली  रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?