संसदीय समितिमा चोलेन्द्रको चुनौती : “अहिले नै हस्ताक्षर गर्नुपर्छ भन्ने कहाँ छ ?”


काठमाडौं,  ३१  भदौ  (असनबजार पत्रिका)  :  प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग लिएको बयानको पैतिमा हस्ताक्षर गर्न इन्कार गरेका छन् । महाभियोग समितिले विभिन्न मितिमा जबरासँग लिएको बयानको लिपिबद्ध गरिएको प्रतिहरूमा प्रमाण्किताका लागि बयानकारीको हस्ताक्षर जरुरी भएकाले जबरालाई हस्ताक्षर गर्न आग्रह गर्दा उनले यो यता नल्याउनुहोस् । यसको अर्थ छैन भनी चुनौती दिएको बताइएको छ ।

समितिले १ सय ७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम हुँदै थियो । उक्त बयान पढेर सुनाउन ४–५ घण्टा लाग्छ भन्दै समितिका केही सदस्यले उहाँकै बयान हो बढाइचढाई छैन’ हस्ताक्षर गर्न दिऔँ भन्दा जबराले भने, ‘सबैको आ–आफनो नियम हुन्छ । तपाइँहरूले पनि सात महिनामा मात्र महाभियोगको बयान लिनुभयो । मलै दुई साताअघि मात्र दिएको बयानमा अहिले नै हस्ताक्षर गर्नुपर्छ भन्ने कहाँ छ’ भनेर उल्टै प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?