सरकारले मुद्दा फिर्ता लिने भएपछि विप्लव पार्टी खुशी


काठमाडौं,  ३१  भदौ  :  नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’) ले सरकारको मुद्दा फिर्ता लिने निर्णयको स्वागत गरेको छ।

 

कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार  विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका नेतामाथि लागेका मुद्दा फिर्ता लिने ‘देउवा सरकारको यो निर्णयलाई नेपाल कम्युनिष्ट पार्टी स्वागत गर्दछ’, प्रकाण्डले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोविन्द कोइराला शर्मा र महान्यायाधिवक्ता खम्बबहादुर खातीलगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।”

गत भाद्र २७ गतेको मन्त्रिपरिषद्को बैठकले सहमति कार्यान्वयन गर्दै मुद्दा फिर्ता लिने निर्णय गरेको हो। यसअघि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सरकार अघि बढेको भन्दै विज्ञप्तिमा खुसी व्यक्त गरिएको छ । विज्ञप्ति यसप्रकारको छ : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?