प्रतिनिधि र प्रदेशसभाको कार्यकाल असोज १ गते राति १२:०० सम्म मात्रै


काठमाडौं, ३१  भदौ (अबप) :  निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको  बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिनुभयो ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकमार्फत बन्दसूची असोज २ र ३ गते बुझाउने कार्यतालिका रहेको आयोगले जनाएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको पत्र र राजनीतिक दलहरुसँगको बैठकबाट प्राप्त सुझावका आधारमा आयोगले २०७४ को बन्दसूची स्वतः खारेज गर्ने निर्णय शुक्रवार गरेको हो ।

आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, सङ्घीय संसद् राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?