प्रमुख बालेनको ध्वंशलीलामा ब्रेक लाग्ने, संरचना नभत्काउन अल्पकालीन आदेश



काठमाडौं,  २  असोज  (असनजार पत्रिका) :  काठमाडौं महानगरपािलकाका प्रमुख बालेन साहको डोजर अभियानमा धक्का लाग्ने भएको छ । प्रमुख साहलगायत काठमाडौं महानगरपालिकाका सबै वडाहरूमा अहिले नक्सा पास नभएका र सार्वजनिक जग्गामा बनाइएका भौति संरचनाहरू डोजर लगाएर भत्काउने अभियान सुरु गरिएको छ । यसै सिलसिलामा महानगरपालिकाको डोजर ध्वंशलीलाबाट पीडितहरूले उच्च अदालत पाटनमा दिएको एक मुद्दामा टुकुचाको भूमिगत सुरुङमाथि बनेका घरहरू नभत्काउन आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यो आदेशसँगै प्रमुख साहको डोजर ध्वंश लीलामा ब्रेक लाग्ने देखिएको छ ।

न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले कानुनी रीत नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?