नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको अपमान : गठबन्धन


काठमाडौँ,  ५  असोज  (असनबजार पत्रिका)  :  राष्ट्रपति विद्यादेवी भण्डारीको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णयको सत्ता गठबन्धनले संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो माओवादी नेत वर्षमान पुनले सञ्चारकर्मीहरूलाइृ बताए । राष्ट्रपतिको कदमप्रति दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?