चीनका राष्ट्रपति सी चिनफिङमाथि सैनिक “कू” को हल्लाले विश्वबजारमा सरगर्मी !


काठमाडौं,  ८  असोज  (असनबजार पत्रिका)  :  चीनका सामाजिक कार्यकर्ता जेनिफर जेङले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई गिरफ्तार गरी नजरबन्दमा (हाउस ऐरेस्ट) राखिएको दाबी गरेको छ । उनको यो ट्वीटसँगै विश्वभर चीनमा असाधारण घटना भएको हुन सक्ने अनुमानको बजार गर्मिएको छ ।
जेङको दाबीलाई पुष्टि गर्ने विश्वभरका सञ्चारकर्मीहरूको प्रयास शनिबार साँझसम्म पनि सफल हुन सकेन ।

सामाजिक कार्यकर्ता जेङले उज्बेकिस्तानको समरकन्दमा आयोजित सांघाई को–अपरेसन अर्गनाइजेसनको शिखर सममेलनमा भाग लिनु गएको बेला चिनियाँ कम्युनिस्ट पार्टी (सिसीपी) को बैठकले सीलाई पिपुल लिब्रेसन आर्मी (पिएलए) को प्रमुखबाट हटाउने निर्णय गरेको र समरकन्दबाट फर्केर आउना साथ उनलाई हाउस ऐरेस्टमा राखिएको बताइएको छ ।

राष्ट्रपति सीले केही दिन अगाडि दुई पूर्वमन्त्रीलाई मृत्युदण्ड र चार अधिकारीलाई आजन्म कैद गर्ने फैसला गरेसँगै सिसीपीमा असन्तोष व्याप्त भएको र त्यसैको असर राष्ट्रपति सीमाथि कारवाही गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति सीलाई “कू” गरिएको र उनको विकल्पमा पिएलएका जनरल ले कमिङलाई हेरिएको अनुमानले विश्व समाचार बजार गर्माएको छ । तर विश्वका जिम्मेवार ठूल्ठूला समाचार संस्थाले राष्ट्रपति सी सम्बन्धी समाचार केही पनि प्रकाशन र प्रसारण गरिएको छैन ।

केही हल्ला र अनुमानअनुसार बेइजिङमा सैनिक गाडीहरूको चहलपहल देखिएको र बेइजिङमा आउने जाने अन्तर्राष्ट्रिय उडानहरू पातलो देखिएको अड्कल गरिएको छ । चीनमा राजनीतिक विद्रोहसम्बन्धी समाचारको स्वतन्त्र पुष्टि गर्न सकिँदैन किनभने त्यहाँ साम्यवादी शासन व्यवस्था छ । चीनमा इन्टरनेटलगायत सूचना प्रणालीमा पिएलएको पूर्ण नियन्त्रण रहेको छ । त्यसकारण असनबजार पत्रिका पनि राष्ट्रपति सीमाथि कू गरिएको आधिकारिक समाचारको पुष्टि गर्न अस्वीकार गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?