डा. शेखरको अर्को असन्तुष्टि चोलेन्द्रलाई किन नजरबन्दमा राखेको ?


विराटनगर,  ९  असोज  (अबप)  :  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबराको महाभियोग निष्क्रिय भइसकेको बताएका छन् ।

मोरङमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले महाभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका जबरालाई सरकारले नजरबन्दमा राखेकोमा आपत्ति जनाउँदै उनले सरकारले मानवअधिकारको उल्लंघन गरेको आरोप लगाए।

“प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै महाभियोग निष्क्रिय भइसकेकोमा सरकारले जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको र औचित्यहीन भइसकेको महाभियोग प्रस्ताव अर्को संसदमा जान्छ भन्नु गलत हो”, कोइरालाको टिप्पणी रहेको छ ।

ज्ञातब्य छ कि, कांग्रेसमा समानुपातिकमा आफ्नो गूटका मान्छेको अवास्तविक प्रतिनिधित्व र प्रत्यक्ष चुनावको टिकट पनि झिनो संख्यामा वितरण गरेर सभापति देउवाले एकलौटी गर्न खोजेको भन्दै डा. कोइरालाले सार्वजसनक रूपमा नै असन्तुष्टि पोखेकैै मात्र नभई विद्रोह गर्नेसमेत बताउँदै शनिबार राजधानीमा दबाबमूलक सभाको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?