निर्वाचन आचारसंहिता असोज १२ गतेदेखि लागू गर्ने तयारी


काठमाडौं,  १०  असोज  (असनबजार पत्रिका) :  निर्वाचन आयोगले संघ र प्रदेशको चुनावका लागि आगामी असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको बुझिएको छ ।

 

आयोगले आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र विभिन्न १२ पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहितासम्बन्धी छलफल गरेको थियो।
निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिबद्धता जनाउन प्रधानमन्त्री देउवालगायत एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, माओवादीका सचिव लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

 

आयोगले आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको बताइएको छ। आचारसंहिता लागू गर्न र पालना गर्न प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूबाट आइतबार प्रतिबद्धता लिइएको उनले बताए । आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?