कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना


काठमाडौं । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।समानुपातिक उम्मेदवारकाे विषयमा बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा बुधबार कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् । सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?