चिनियाँ चिपमेकरको एप्पल,सम्झौतामा अमेरिकी राष्ट्रिय सुरक्षा खतरा रहेको सांसदहरूको दाबी


बेइजिङ, भाद्र १२ (एएनआई) अमेरिकी सिनेटरहरूले चिनियाँ चिप निर्माता यांग्त्जे मेमोरी टेक्नोलोजी कम्पनि ( वाईएमटीसी) बाट मेमोरी चिपहरू खरिद गर्ने एप्पलको निर्णयको विरोध गर्दै यो सम्झौताले अमृेरिकी राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने विषयमा चासो दिदै अनुसन्धान गर्न आदेश दिएको रिपोर्टमा उल्लेख गरिएको छ ।यो समाचार त्यो बेलामा आएको छ जुन बेलामा एप्पलले नयाँ आईफोन को लागि मेमोरी चिपहरू खरिद गर्ने विचार गरिरहेको छ, वित्तीय पोस्टले रिपोर्ट गरे अनसुार विवादास्पद सम्झौताको समीक्षा गर्न अनुरोध गर्नेहरूमध्ये सिनेटको गुप्तचर समितिका डेमोक्र्याटिक अध्यक्ष मार्क वार्नर र रिपब्लिकन उपाध्यक्ष मार्को रुबियोपनि रहेका छन यो नै रहस्यमय रहेको छ ।
अमेरिकी सांसदहरूले राष्ट्रिय खुफिया निर्देशक एभरिल हेन्सलाई पत्र लेखेर छानबिनको माग गरेका छन्।
वाईएमटिसी को चिनियाँ कम्युनिष्ट पार्टीसँग अस्पष्ट सम्बन्ध छ र चिपमेकरले आईफोनसँग ब्रोकर गरेको यो नयाँ सम्झौताले ूएप्पलले विकास गर्न मद्दत गर्ने विश्वव्यापी डिजिटल आपूर्ति श्रृंखलामा गम्भीर गोपनीयता र सुरक्षा जोखिमहरू समेत लिने फाइनान्सियल पोस्टले रिपोर्ट गरेको छ।यसबाहेक, बेइजिङको महत्त्वपूर्ण सब्सिडीहरूले चिपमेकरलाई छिटो बढ्न मद्दत गरेको समेत बताइएको छ । मिडिया पोर्टलले बेलायतको अनुसन्धान फर्म ओम्डियालाई उद्धृत गर्दै २०२० देखि २०२१ सम्म चिपमेकरको सेयर कसरी बढ्यो भन्ने तथ्याङ्क उपलब्ध गराएको छ।ूविश्वकाृ वाईएमटिसी फ्ल्यास मेमोरी बजारमा वाईएमटिसी को शेयर २०२० मा ०।६ प्रतिशतबाट बढेर २०२१ मा २।३ प्रतिशत पुगेको छ,ू अनुसन्धानलाई उद्धृत गर्दै आउटलेटले रिपोर्टगरेको छ ।
एप्पलले कथित रूपमा भनेको छ कि यो बाट चीनमा केहि आईफोनहरू सोर्सिङको बारेमा ूविचारू गरिरहेको छ। यद्यपि, एप्पलले बिहीबार अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभरिल हेन्सको पत्रमा टिप्पणी गर्न अस्वीकार गरेको छ जसमा टेक्सास रिपब्लिकन जोन कोर्निन र डेमोक्र्याटिक सिनेट बहुमत नेता चक शुमरले पनि हस्ताक्षर गरेका थिए।
सिनेटरहरूले यो सम्झौताले अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा पर्न सक्ने खतराहरू मूल्याङ्कन गर्न आग्रह गरेका छन । उनीहरूले चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो मूल चिप उद्योगलाई समर्थन गर्न र अमेरिका र सहयोगीहरूबाट सेमीकन्डक्टर उत्पादकहरूलाई हटाउनप्रयोग गर्ने तरिकाहरूको छानबिन गर्न अनुरोध गरेका छन ।उनीहरूले हुवावे र अमेरिकी प्रतिबन्धहरू बेवास्ता गर्ने अन्य चिनियाँ फर्महरूमा संदिग्ध सहयोगको समीक्षा गर्न पनि आग्रह गरेका छन । धेरै चिनियाँ टेक्नोलोजी कम्पनीहरू वाशिंगटनमा बढ्दो छानबिनको दायरामा आएका फाइनान्सियल पोस्टले रिपोर्ट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?