पाकिस्तानको कराँचीमा चिनियाँ नागरिकको गोली हानी हत्या


इस्लामाबाद भाद्र १२ ( एएनआई) पाकिस्तानको कराँचीमा बुधबार एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन्।
एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै, डन अखबारले रिपोर्ट गरेको छ कि एक अज्ञात व्यक्तिले कराँचीको सदर क्षेत्रमा रहेको डेन्टल क्लिनिक भित्र गोली चलाएको छ। एसएसपी दक्षिण असद रजाले जनाएअनुसार एक जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन् जसलाई उपचारको लागि अस्पताल लगिएको छ। उनले तीनै जना चिनियाँ नागरिक भएको पुष्टि गरेका छन् ।पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले ट्वीटरमा आक्रमणको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?