गठबन्धनको मोडेल : कांग्रेस ८५, माओवादी ४४, नेकपा (एस) १७, जसपा १५ र जनमोर्चा २


काठमाडौं,  १३  असोज  (असनबजार पत्रिका)  :  आगामी आम चुनावका लागि प्रत्यक्षतर्फ सिट बाँडफाँटका लागि भगीरथ प्रयत्नमा लागिरहेका सत्ता गठबन्धन दलहरू पेचिलो र समन्वय गर्न नसकेका क्षेत्रहरूमा पनि सहमति नजिक पुगेको बुझिएको छ । गठबन्धनका शीर्ष नेताहरूको बुधबार राति अबेरसमम भएको छलफलमा प्रतिनिधिसभातर्फको १ सय ६० सिटमा सहमति जुटाएको दाबी गरिएको छ ।

 

सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चितःप्राय भएको छ । कांग्रेसले १०० सिट दाबी गरे पनि ८५ सिटमा चित्त बुझाउने छाँटकाँट देखिएको छ । यस्तै राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्यूठान गरी दुई क्षेत्र परेको छ । छलफलमा सहभागी नेताहरूका अनुसार प्रदेश १ को खोटाङ, बागमती प्रदेशका धादिङ–१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ को बारेमा अझै दाबी–प्रतिदाबी जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?