१ अमेरिकी डलरबराबर नेपाली १ सय ३१ रुपैयाँ ४१ पैसा


काठमाडौं,  १३  असोज  (असनबजार पत्रिका) :  एक अमेरिकी डलरबराबर नेपाली रुपैयाँ १ सय ३१ रुपैयाँ ४१ पैसा सटही दर कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय सूचीमा अमेरिकी डलरको उक्त मूल्य कायम गरिएको हो ।

बिहीबारको विनिमय दरले विगतको डलरसँग नेपाली रुपैयाँको यति कमजोर देखिएको थिएन । यस्तै युरोको मूल्य भने १ सय २५ रुपैयाँ ७९ पैसामा झरेको छ ।
अमेरिकी डलर महँगिँदा आयातीत वस्तुहरूको भाउ आकाशिने निश्चत छ भने रेमिट्यान्स पठाउने परिवार लाभान्वित हुने छन् । यस्तै निर्यात व्यापारमा पनि केही बढोत्तरी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?