राजु गुरुङको मनोनयन रद्द नगर्न सर्वोच्चको आदेश


काठमाडौँ,  ३१  असोज  (अबप) : सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको मनोनयन रद्द गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

अदालतले अन्तरिम छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उम्मेदवारी रद्दसम्बन्धी निर्णय पनि झिकाउने आदेश गरेको छ। रिटको टुङ्गो नलागेसम्म उम्मेदवारी रद्दसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेको छ। प्रचलित कानुनबमोजिमको कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेज भएको थियो। सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङ दुई प्रकरणमा २०७४ कात्तिकदेखि कालोसूचीमा रहेको कर्जा सूचना केन्द्रको विवरणमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?