एमालेका १५ जना पदाधिकारी निर्वाचनको मैदानमा


काठमाडौँ, १ कात्तिक : नेकपा एमालेका १९ पदाधिकारीमध्ये १५ जना आगामी प्रतिनिधि सभाको निर्वाचनको मैदानमा उत्रिनुभएको छ । तीन उपाध्यक्ष र एक उपमहासविच बाहेक सबै उम्मेदवार मैदानमा उत्रिनु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बन्नुभएको छ । ओलीसहित पार्टीका वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातैजना सचिवहरू उम्मेदवार बन्नुभएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५, उपाध्यक्षहरु सुवास नेम्वाङ इलाम २, सुरेन्द्र पाण्डे चितवन १ र विष्णु पौडेल रुपन्देही १ बाट उम्मेदवार बन्नुभएको छ । महासचिव शंकर पोखरेल दाङ २ बाट उम्मेदवार बन्नुभएको छ भने, उपमहासचिवद्वय प्रदीप ज्ञवाली गुल्मी १ र पृथ्वीसुब्बा गुरुङ लमजुङ १ बाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै, एमालेका सचिवहरु गोकर्ण विष्ट गुल्मी २, योगेश भट्टराई ताप्लेजुङ, पद्मा अर्याल स्याङ्जा २, छबिलाल विश्वकर्मा रुपन्देही १, लेखराज भट्ट कैलाली ४, टोपबहादुर रायामाझी अर्घाखाँची १ र रघुवीर महासेठ धनुषा ४ बाट उम्मेदवार बन्नुभएको छ । यस्तै, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ र उपमहासचिव विष्णु रिमाल भने चुनाव लड्न मान्नु भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?