असन बजार पत्रिका
९ चैत्र २०७९, बिहीबार
hostingsewa-nepal-best-website-hosting
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • सम्पादकीय
  • विचार
    • अरुको विचार
    • अन्तरवार्ता
    • प्रतिकृया
    • ब्लग
    • सम्पादक को छनौट
  • राजनीति
  • अन्तराष्ट्रिय
    • विश्वबजार
  • अपराध
  • मनोरन्जन
  • प्रदेश
    • १
    • २
    • ३
    • ४
    • ५
    • ६
    • ७
  • आर्थिक
    • कर्पोरेट
    • बैंक तथा बित्तिय
    • असन बजार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • पर्यटन
    • पत्रपत्रिका
    • सूचना प्रबिधि
    • कोभिड १९ अपडेट
    • एशिया
    • असन बजार
    • दस्ताबेज
  • English
  • ई-पेपर
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • सम्पादकीय
  • विचार
    • अरुको विचार
    • अन्तरवार्ता
    • प्रतिकृया
    • ब्लग
    • सम्पादक को छनौट
  • राजनीति
  • अन्तराष्ट्रिय
    • विश्वबजार
  • अपराध
  • मनोरन्जन
  • प्रदेश
    • १
    • २
    • ३
    • ४
    • ५
    • ६
    • ७
  • आर्थिक
    • कर्पोरेट
    • बैंक तथा बित्तिय
    • असन बजार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • पर्यटन
    • पत्रपत्रिका
    • सूचना प्रबिधि
    • कोभिड १९ अपडेट
    • एशिया
    • असन बजार
    • दस्ताबेज
  • English
  • ई-पेपर

वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रिन्छौँ : होटल व्यवसायी


लेखनाथ, ४ कात्तिक (रासस) बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल व्यवसायीले दिएका छन् । वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थमन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । होटल सङ्घ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी यस्तो चेतावनी दिएको हो । वित्तीय संस्थाद्वारा एकतर्फी रूपमा वृद्धि गरिएको ब्याजदर एक अङ्कमा झार्न नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयलाई व्यवसायीले आग्रह गरेका छन् । सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ को सङ्क्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०–२५ प्रतिशत ‘अकुपेन्सी’ले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताउनुभयो । पर्यटक अपेक्षितरूपमा बढ्न नसकेको अवस्थामा होटलहरूले बैंकले प्रदान गरेको कर्जाको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको कुरा सुनाउनुभयो । अध्यक्ष सुवेदीले आफूहरू दायित्वबाट पन्छन नखोजेको तर तिर्नुपर्ने दायित्वलाई अर्को वर्षका लागि सारिदिन राष्ट्र बैंकमार्फत अनुरोध गरेको स्पष्ट पार्नुभयो ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज सात प्रतिशतबाट १५ प्रतिशत हुँदै २० प्रतिशतसम्म पुगेको जानकारी व्यवसायीले दिएका छन् । बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशतसम्म लाभांश बाँड्दा घाटामा रहेको होटल क्षेत्रलाई भने तर्साउने काम भएको दुःखेसो होटल सङ्घ पोखरा नेपालका सल्लाहकार बच्चुराम तिवारीले पोख्नुभयो । “नाफामा गएको बैंकिङ क्षेत्रलाई राष्ट्र बैंक जोगाउनतिर लाग्यो तर घाटा खाएको होटल क्षेत्रलाई वास्ता गरेन”, तिवारीले भन्नुभयोे, “यो विषयमा हामी चुप लागेर बस्दैनाँै, यस्तै भए अब हामी राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्न बाध्य हुनेछौँ, राष्ट्र बैंकले गरेको कामका बारेमा हिसाब खोज्छौँ ।” होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले चर्को ब्याजदरको मारमा बढी होटल व्यवसायी नै परेको बताउनुभयो । “भ्रमण वर्षको नाउँमा सरकारले नै होटल व्यवसायीलाई लगानी गर्न उक्सायो, लगानी ग¥यौँ तर कोरोना फैलियो व्यवसाय ठप्प भयो, बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था छैन, बैंक तथा वित्तीय संस्थाले झनै ब्याज बढाइदिए”, पराजुलीले भन्नुभयो । होटल सङ्घ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बैंक तथा वित्तीय संस्थाले अस्वाभाविकरूपमा ब्याजदर बढाउनु सबै नेपालीको समस्या भएको स्मरण गराउँदै व्यवसायमा सुस्ती देखिँदा वित्तीय क्षेत्रबाट आतङ्क फैलाउने काम भएको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरेको आरोपसमेत व्यवसायीको छ । व्यवसायी बैंकर हुँदा पनि समस्या उत्पन्न हुनाका साथै बैंकलाई आधुनिक सामन्तका रूपमा व्यवसायीको आरोप लगाएका छन् । सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडको समयमा सरकारले नै दुई वर्ष पर्यटन क्षेत्र बन्द गराएको बताउँदै अहिले एकतर्फी ब्याज बढाएर वित्तीय आतङ्क सिर्जना गरिएको आरोप लगाउनुभयो । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

Post navigation

Prev Post
Next Post

भर्खर

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’  ‘मोदी हटाओ, देश बचाओ’ टाँसेको अभियोगमा पक्राउ

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ ‘मोदी हटाओ, देश बचाओ’ टाँसेको अभियोगमा पक्राउ

चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैनः अमेरिका

चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैनः अमेरिका

इन्डोनेसियामा रमजान

इन्डोनेसियामा रमजान

नोर्ड स्ट्रीम विस्फोट अनुसन्धानबारे रूसको मस्यौदा प्रस्तावमा चीनको समर्थन

नोर्ड स्ट्रीम विस्फोट अनुसन्धानबारे रूसको मस्यौदा प्रस्तावमा चीनको समर्थन

सहरी पूर्वाधार निर्माणमा पुँजी परिचालन गर्न नगर विकास कोष आवश्यक

सहरी पूर्वाधार निर्माणमा पुँजी परिचालन गर्न नगर विकास कोष आवश्यक

नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ : मन्त्री शर्मा

नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ : मन्त्री शर्मा

भारतको राजधानी दिल्ली र आसपास भूकम्पको धक्का ,  रेक्टर स्केलमा ६ .६ तिब्रता 

भारतको राजधानी दिल्ली र आसपास भूकम्पको धक्का ,  रेक्टर स्केलमा ६ .६ तिब्रता 


बजार पब्लिकेसन प्रा. लि.


टोख १० गोङबु, काठमाडौँ
०१-४३५७२५१
[email protected]
सम्पादक: युगनाथ शर्मा पौडेल
सूचना विभाग दर्ता नम्बर: ५६७/०७३/७४
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • सम्पादकीय
  • विचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अपराध
  • मनोरञ्जन
  • प्रदेश
  • आर्थिक
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता
  • सम्पादक को छनौट
  • असन बजार
  • एशिया
  • दस्ताबेज
  • विश्वबजार

प्रतिलिपि अधिकार © असन बजार पत्रिका ( बजार पब्लिकेसन प्रा. लि.) सबै अधिकार सुरक्षित। SUPPORTED BY

  • होम
  • नीति
  • सर्तहरू
  • विचार
  • गोपनीयता