राजु गुरुङको उम्मेदवारी खारेज, एमालेका विष्णु पौडेललाई सहज हुने


​​​​​​​काठमाडौँ,  ४  कात्तिक (असनबजार पत्रिका)  :  सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीका नेता एवं पाँच दलीय गठबन्धनका तर्फबाट रूपन्देही क्षेत्र नम्बर २ का साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज  गर्ने यसअघिको निर्वाचन आयोगको निर्णयलाई शुक्रबार सदर गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले गुरुङको उम्मेदवारी खारेजको निर्णय सदर गरेको हो ।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ। राजु गुरुङको उम्मेदवारी खारेजसँगै नेकपा एमालेका वरिष्ठ नेता एवं त्यस क्षेत्रका उममेदवार विष्णु पौडेलको बलियो प्रतिस्पर्धी लगभग समाप्त भएको आँकलन गरिएको छ ।

यस्तो छ सर्वोच्चको आदेश :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?