फेटाको सूचिबाट हटाएपछि पनि संयुक्त राष्ट्र द्वारा पाकिस्तानको निगरानी जारी


नयाँ दिल्ली कातिक १२ ( एएनआई ) आतकबादी प्रतिरोधी कमिटी कार्यकारी निर्देशनालय का वरिष्ठ कानुनी अधिकारी स्वेतलाना मार्टिनोभाले शनिबार भनिन् कि सुरक्षा परिषद्को प्रस्तावको पालना सुनिश्चित गर्न सबै देशहरू संयुक्त राष्ट्रका निकायहरूद्वारा निरन्तर निगरानीमा छन्।संयुक्त राष्ट्रले पाकिस्तान जस्ता देशहरूमा आतंकवादको प्रतिरोधमा अनुपालन कसरी सुनिश्चित गर्दछ भन्ने प्रश्नको जवाफ दिँदै उनले भनिन्, आतंकवादको वित्तपोषण, मूल्याङ्कन र यसको पालना लगायतका सबै विषयहरूमा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावहरूको पालनाको लागि प्रत्येक देशमाथि हामीद्वारा निगरानी गरिन्छ। त्यसकालागि देश भ्रमण, डेस्क समीक्षा, इत्यादिको रूप लिन्छ। हामीसँग समर्पित डेस्क अफिसरहरू छन् जसले विश्वका प्रत्येक देशलाई समेट्छन। अनुगमन र विश्लेषण निरन्तरगर्छन उनले अगाडि थपिन्।
मार्टिनोभाले फाइनान्सियल एक्शन टास्क फोर्स सँग नजिकबाट काम गर्ने बताइन् र थपिन कि पाकिस्तान देशलाई सूचीबाट हटाइए पनि, उनीहरूलाई अझै पनि क्षेत्रीय निकाय मार्फत निगरानी गरिन्छ।एफएटीएफको ‘ग्रे लिस्ट’बाट पाकिस्तान बाहिरिएपछि यो निर्णय आएको हो । यद्यपि इस्लामावाद सूचीबाट बाहिर निस्कन सफल भए पनि, ग्लोबल वाचडगले भनेको छ कि पाकिस्तानले आफ्नो आतंकवाद विरोधी वित्तिय प्रणाली सुधार गर्न मनी लान्ड्रिङमा एशियारप्यासिफिक समूहसँग काम गरिरहनेछ यो उसको जिम्म्ेबारी हो ।भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद्को दुई दिने आतंकवाद विरोधी बैठकको आयोजना गर्दैछ। भारतको काउन्टर टेररिज्म कमिटी (सीटीसी) को अध्यक्षतामा दिल्लीमा बैठक बस्दैछ।मार्टिनोभासँगै बोल्दै युएन काउन्टर(टेररिज्म कमिटी कार्यकारी निर्देशनालय का शाखा प्रमुख डेभिड स्कारियाले नयाँ दिल्लीमा भने कि आजको बैठकको केन्द्रविन्दु विश्वव्यापी भएकाले प्रविधिको मुद्दा विश्वव्यापी भएको बताएका छन ।पाकिस्तानमा चिन्ता हुन सक्छ, नाइजेरियामा चिन्ता हुन सक्छ र संसारको जुनसुकै ठाउँमा चिन्ता हुन सक्छ। तर हामी विश्वव्यापी समाधानको साथ आउन प्रयास गरिरहेका छौं,ूउनले थपे।संयुक्त राष्ट्रसंघको आतंकवाद विरोधी निकायका प्रमुखले भने कि बैठकबाट सबैभन्दा महत्त्वपूर्ण कदम भनेको भारतीय अध्यक्षतामा नयाँ र उदीयमान प्रविधिको मुद्दालाई मुख्य चिन्ता र ध्यानको बिन्दुको रूपमा लिने कुरा धेरै महत्वपूर्ढा हो ।बैठकको अन्त्यमा दिल्ली घोषणा।यदि तपाईंले पढ्नुभयो भने, तपाईंले आगामी केही महिनाहरूमा राष्टसंघले कसरी प्रतिबद्धताहरू पूरा गर्न चाहन्छ भन्ने कार्य योजना देख्नुहुनेछ। यसले संयुक्त राष्ट्र संघका अन्य निकायहरूलाई सोध्नेछ,उनले अगाडि जोड दिदै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?