क्रिकेटर सन्दीप लामिछाने  विरुद्ध ,बलात्कारको आरोपमा मुद्दा दायर 


काठमाडौं, कातिक १४ ( एजेन्सीहरु ) सरकारी वकिलले स्टार क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार गरेको अभियोगमा औपचारिक रुपमा मुद्दा दायर गरेका छन ।मुद्दा ड्र मार्फत इजलासमा पठाएपछि मुद्दाको थप सुनुवाइ प्रक्रिया मंगलबार अघि बढ्ने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पत्रकारहरुलाई बताएका छन । चाडपर्वका कारण लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न ढिलाइ भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी असोज ५ गते जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।काठमाण्डौका डीजीओले लामिछानेलाई १२ वर्षसम्म कैद सजायको माग गरेका छन् ।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विरुद्ध मुद्दा दर्ता भएसँगै उनको सबै सम्पत्ति रोक्का गरिएको छ । प्रहरीले घटना भएको होटलको सीसीटीभी फुटेज, बयान र अस्पतालको रिपोर्ट प्रमाणका रूपमा लामिछानेविरुद्ध परेको मुद्दामा पेश गरेको छ ।
सामाजिक सञ्जालबाट जोडिएको, लामिछाने र पीडितबीच भएको कुराकानी पनि प्रहरीले बरामद गरेको दाबी गरेको छ ।यसअघि १७ वर्षीया युवतीले लामिछानेले भदौ २१ गते दिनभर काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर काठमाडौंको सिनामंगलस्थित होटलमा ल्याएको र सोही रात बलात्कार गरेको आरोपमा उजुरी दिएकी थिइन् ।
उनीविरुद्ध मुद्दा दर्ता भएदेखि नै उनी फरार रहेकाले ईन्टरपोल अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन बाट डिफ्युजन नोटिस पनि जारी गरिएको थियो ।बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले अध्यागमन विभागले कालोसूचीमा राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।गत वर्ष नेपाली क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर लामिछाने नियुक्त भएका थिए ।उनले यसअघि सन् २०१६ मा एसिया कप र त्यसपछि २०१७ मा एसियाली क्रिकेट काउन्सिल विश्वकप छनोटमा नेपाल अन्डर १९ टोलीको कप्तानी गरेका थिए। उनले इन्डियन प्रिमियर लिग आईपीएल पनि खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?