लोकतान्त्रिक अभ्यास निर्बाचनका लागि भारतद्वारा नेपाललाई उपहार २०० सवारीसाधन प्रदान


काठमाण्ढौ ( असन बजार पत्रिका ) कातिक १५ नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज अर्थमन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री श्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गर्नुभएको भारतीय राजदूताबासले एक बिज्ञप्ती मार्फत जनाएको छ । यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउनेछ ।


२। नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्याउनेछ । अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनु भएको छ ।


नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको समेत भारतीय राजदूताबासले जनाएको छ ।
बिज्ञप्तीमा अगाडि भनिएको छ भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी सवारीसाधनको हस्तान्तरणले जनता जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ । नेपालको बिकासमा भारतले २००७ सालको क्रान्ति सफल भएदेखि निरन्तर सहयोग गरिरहेको छ । भारतको सहयोगमा नेपालका गाउ गाउमा हजारौ परियोजनाहरु सञ्चालनमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?