कांग्रेस र एमालेले पश्चिमबाट चुनावी सभा आयोजना गर्दै


काठमाडौँ, १७  कात्तिक  (असनबजार पत्रिका)  :  निर्वाचन आचारसंहिताले निर्लिष्ट गरेअनुसार आजदेखि राजनीतिक दलहरूले चुनावी प्रचार शुरु गर्दैछ। यसैबीच दुई प्रमुदल नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।

चुनावका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पश्चिम पुगेका छन् । चुनावी अभियानका क्रममा गृह प्रदेश सुदूरपश्चिममा प्रधानमन्त्री देउवा बुधबमरदेखि धनगढीमा छन् । यसैगरी दार्चुलाको खलङ्गामा शुक्रवार चुनावी सभा गरेर एमालेले अभियान सुरु गर्ने भएको हो । चुनावी अभियानको सुरुवातका लागि एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रवार नै दार्चुला जाँदै हुनुहुन्छ ।

 

उहाँले शुक्रवार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । अध्यक्ष ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसक्नुभएको छ । सुदूरपश्चिम पश्चात् अध्यक्ष ओलीले कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ लुम्बिनी जानुहुने उहाँको सचिवालयले जनाएको छ ।अध्यक्ष ओली कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने कार्यक्रम एमालेले जनाएको छ । एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्य तालिका तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?