चीन र पाकिस्तानको संयुक्त बिज्ञप्तीमा जम्मु कश्मीरको भूभागको उल्लेख गरिएपछि, भारत आक्रोशित


सौरभ त्रिवेदी

नयाँ दिल्ली  कातिक १७ ( एएनआई ) भारतले पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफको बेइजिङ भ्रमणको क्रममा चीन(पाकिस्तान संयुक्त वक्तव्यमा भारतीय केन्द्र शासित क्षेत्र जम्मू र कश्मीरको कुनै पनि भूभागको अनावश्यक सन्दर्भलाई जोडेकोमा त्यसको आलोचना गदै अस्वीकार गरेको छ ।एएनआईका अनुसार विदेश मन्त्रालय का प्रवक्ता अरिन्दम बागचीले आज साझ भनेका छन हामीले नोट गरेका छौं कि पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमण पछि जारी गरिएको संयुक्त वक्तव्यमा जम्मु र कश्मीरको भारतीय केन्द्र शासित क्षेत्र जम्मु कश्मीर र लद्दाखका धेरै भूभागकोल बारेमा अनुचित सन्दर्भहरू छन् जसलाई हामीले सिधै अस्वीकार गर्दछौ । ती भूभागहरु सधैं भारतको अभिन्न र अविभाज्य हिस्सा हुनेछन, उनले भनेका छन । चीनको दुईदिने भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्री सी जिनपिङसँग भेटवार्ता गरी चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) मा सहयोग विस्तार गर्ने विषयमा केन्द्रित रहेको थियो ।बागचीले अगाडि भनेका छन , हामीले लगातार सिपिइसीको बारेमा हाम्रो विरोध र चिन्ताहरू चीन र पाकिस्तानलाई पठाएका छौं।
सिपीइस्ीमा भारतको सार्वभौम भूभागका परियोजनाहरू समावेश छन् जुन जबरजस्ती र अवैध बाह्य कब्जामा छ, यो हामीलाई स्वीकार हुने कुरा नै छैन उनले अगाडि भनेका छन।
हामी यस क्षेत्रको यथास्थिति परिवर्तन गर्न त्यस्ता परियोजनाहरू प्रयोग गर्ने कुनै पनि प्रयासलाई दृढतापूर्वक अस्वीकार गर्छौं,। त्यस्ता गतिविधिहरूमा तेस्रो पक्षलाई संलग्न गराउने कुनै पनि प्रयास स्वाभाविक रूपमा गैरकानूनी, गैरकानूनी र अस्वीकार्य छन् र यदि त्यस्तो भएमा हामीबाट त्यस्तै व्यवहार गरिनेछ, उनले अगाडि थपेका छन ।दुई नेताले अर्थतन्त्रमा बृहत् सहयोग र द्विपक्षीय सम्बन्धका सबै क्षेत्रमा विशेषगरी सीपीईसी परियोजनाहरूमा लगानीका बारेमा छलफल गरेका छन् र रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन सहमत भएका छन्। भारतलाई लक्ष्य गरेर उनीहरुको यो पछिल्लो बिज्ञप्ती आएप्छि नया दिल्ली पनि सचेत र आक्रामक देखिएको स्थानीय संबाददाताहरुले पनि जनाएका छन । भारतले यसपटक खण्डन मात्रै होइन धम्कीको भाषा पनि प्रयोग गरेको छ चीन र पाकिस्तान बिरुद्ध एक पत्रकारले नया दिल्लीमा असन बजारलाई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?