पाकिस्तानका पूर्ब प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार आइएसआईले गरेकै हो त ?


टिप्पणीकार
पाकिस्तानी इतिहासमा आइएसआई र सेनाको बिरोधमा पाकिस्तानी सडकमा जनता उठेको यो घटना सामान्य होइन । जुन ७५ बर्षको इतिहासमा यो पनि अनौठो घटना हो । पाकिस्तानी पूर्ब क्रिकेटर एबम पूर्बप्रधानमन्त्री पठान नेता इमरान खानले एक प्रकारको जेहाद छेडेका छन । पाकिस्तानमा लोकतन्त्रको इतिहास हेर्नृे हो भने सेना र आइएसआईले राष्टियताको कार्ड खेल्दै हरेक निर्बाचित सरकारलाई अपदस्थ गरेको इतिहास छ । तर यो इतिहासलाई चुनौति दिने शैली मा कोही पनि उभिएका थिएनन । तर यसपटक इमरान खानले रक स्टारको शैलीमा उनले इस्लामाबाद मार्चमा अगाडि बढिरहेका थिए । इमरान खानमाथि गोली प्रहार गरिएको घटनालाई लिएर धेरै कोणबाट चर्चा भइरहेको छ । कसैले यो घटनामा इमरान खानले नै गोली चलाउन योजना बनाएको साहानुभूति लिनका लागि पनि भन्ने गरिएको छ तर यो कुरा पत्याउने अबस्था छैन किनकी इमरान खान पछिल्लो दिनमा भएको चुनाबमा लोकप्रिय मतको साथमा बिजय भएका छन त्यसैले उनले यो घटना घटाएको कुरामा कुनै पनि आधार छैन । तर यो घटनामा जसरी आक्रमण भएको छ त्यो हेर्दा पाकिस्तान गृहयुद्धको बाटोमा अगाडि बढने देखिएको छ । यो घटनामा पाकिस्तानी गुप्तचर संस्था आइएसआईको हात रहेको आशंका केही दिन यता इमरान खान र आई एस आई जनरलहरुको पत्रकार सम्मेलन समेतको बाकयुद्धले यो घटनाको पृष्ठभूमि बन्नुमा आइएसआईको भूमिका माथि धेरै का आंखा लागेका छन । के पाकिस्तानलाई इमरानले बदल्न चाहेका हुन त ? यो भने कुनै स्पष्ट छैन । पाकिस्तानी सेना र त्यहाको आइएसआईलाई निर्बाचित सरकारको बारेमा कुनै चासो छैन । इमरान खानलाई आइएसआईले केबल चेताबनीको शैलीमा यो म्यासेज दिएको हुन सक्छ यो पनि बलियो आधार हो । आजको दिनमा पाकिस्तानमा भएको यो घटनालाई हेर्दा यो इमरान खानलाई हत्या गर्ने भन्दा उनलाई तर्साउने शैलीमा अगाडि बढेको अनुमान गरिएका छन । भारत र पाकिस्तानको सम्बन्ध सामान्य बनेमा एशियाको अरु छिमेकी मात्रै हौइन नेपालका लागि यो खुसीका कुरा हुनेछ तर आजको दिनको पाकिस्तान सेना र आईएसआईको गतिबिधि देखिएका छन त्यो अनुमान भन्दा बाहिरको कुरा छ ।आजको पाकिस्तान ओसामा बिन लादेन मारिएको भूमिका रुपमा चिनिएको छ तर भोलिको पाकिस्तानी जनताको जीत भएमा भारत पाकिस्तानबीच नयां युग शुरु हुन सक्छ । यो नेपाल जस्तो देशकालागि पनि खुसीको कुरा हुनेछ किनकी पाकिस्तानलाई नेपालको उत्तरुी छिमेकी चीन भारत बिरुद्ध उक्साईरहेको दक्षिणी छिमेकी भारतको आशंका निरन्तर छ त्यसैले यो पाकिस्तानमा सेना र आईएसआई बिरुद्धको जनमतले लोकतन्त्र र शान्तिको बाटो खोज्यो भने सार्कको अध्यक्ष नेपालको लागि पनि खुसीको कुरा हुनेछ । तर ७५ बर्षको पाकिस्तानी इतिहासले भने धेरै आशा गर्ने अबस्था छैन किनकि सेना र आई एस आई पाकिस्तानका असली खेलाडी हुन नेताहरु उनीहरुको गुलामा हुन । पाकिस्तानको ७५ वर्षको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्री इमरान खानको हत्या प्रयासमा कथित हात रहेको आरोपमा पेशावर कोर्प्स कमाण्डर,आईएसआईका मेजर जनरल फैसल विरुद्ध प्रदर्शन भएको छ यो पाकिस्तानी इतिहासको नया अभूतपूर्ब घटना हो । मिडियाका अनुसार पाकिस्तान तहरीक -ए -इन्साफ  पीटीआई द्वारा साझा गरिएको भिडियो अनुसार, इमरान खान विरुद्ध हत्या प्रयासको घण्टा पछि, मानिसहरूले खैबर पख्तुनख्वाको पेशावरमा कोर कमाण्डर हाउसको अगाडि विरोध प्रदर्शन गरेर उनीहरुले आक्रोश पोखे । त्यसो त ट्विटरमा पीटीआई ले भन्यो, जब गैर राजनीतिक मानिसहरूले राजनीतिक प्रेस सम्मेलन गर्छन् तब मानिसहरूले इमरान खानलाई धम्की दिनेहरू विरुद्ध कुनै कारबाही नगरेको देख्छन्, तब आईएसआई जस्तो संस्थामा अविश्वास बढ्छ। यो आजको हकिकत हो । आईएसआई पेशावरको कोर्प्स कमान्डर हाउस अगाडि मानिसहरूले प्रदर्शन गरेको पाकिस्तानको लागि भयानक चिन्ताजनक छ। यसअघि, पीटीआई प्रमुख इमरान खानले सेना प्रमुखको नियुक्तिको प्रस्ताव प्रस्ताव गरे तर पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले त्यसलाई अस्वीकार गरे बरु लोकतन्त्रको बडापत्र र अर्थतन्त्रको चार्टरमा छलफल गर्न प्रस्ताव गरेका थिए ।

यस अगाडि आएका खबर अनुसार  इमरानले उनलाई तीनवटा नाम दिन सुझाव दिएका थिए र उनले सेना प्रमुखको पदका लागि तीनवटा नाम दिए र त्यसपछि हामी ती छ नामहरूबाट नयाँ प्रमुखको नियुक्ति गर्ने निर्णय गर्छौं, भनेका थिए एक्सप्रेस ट्रिब्युनले पाकिस्तानी प्रधानमन्त्रीलाई उद्धृत गर्दै बताएको छ ।गुजरानवालामा पार्टीको स्वागत शिविर नजिकै एक व्यक्तिले गोली चलाउँदा पीटीआई प्रमुख घाइते भएका छन् । पूर्व प्रधानमन्त्रीको खुट्टामा चोट लागेको र उपचारका लागि अस्पताल लगिएको जियो न्यूजले जनाएको छ ।आक्रमणपछि प्रधानमन्त्रीका पूर्व स्वास्थ्य सहायक फैसल सुल्तानले पीटीआई अध्यक्ष इमरान खानको अवस्था स्थिर रहेको बताएका छन् ।तर एक्स९रे र स्क्यानका अनुसार उनको खुट्टामा गोलीका टुक्रा छन् र उनको टिबियाको हड्डीमा एउटा चिप छ, उनले भने।लाहोरको शौकत खानुम अस्पताल बाहिर सञ्चारकर्मीहरूलाई बताइएको द डनले रिपोर्ट गरेको छ।सुल्तानले थप मूल्याङ्कन र गोलीका टुक्राहरू हटाउनका लागि इमरानलाई अपरेशन थिएटरमा सारिएको बताएका छन ।यो पछिल्लो घटनाक्रममा, संदिग्धलाई पाकिस्तानमा पुलिसले पीटीआईको लामो मार्चको क्रममा गोली चलाएकोमा समातेको थियो र उनले इमरान खानलाई मार्न चाहेको बताएका थिए किनभने उनले जनतालाई भ्रमित गरिरहेका थिए, मिडिया रिपोर्टहरूले उनको भनाई सार्बजनिक गरेका छन ।मैले यो सोचें जब त्यहाँ अज़ान चलिरहेको थियो र अर्को तर्फ इमरान खान आफ्नो कन्टेनर बाहिर निकाल्दै छन् र शोर मच्चाइरहेका छन्। मेरो अन्तस्करणले यो स्वीकार गरेन। मैले अचानक यो निर्णय गरें । मैले इमरान खान विरुद्ध षड्यन्त्र गरे जब उनले लाहोरबाट लामो यात्रा सुरु भयो। मैले उसलाई जिउँदै छोड्ने छैन भन्ने मन बनाएको छु, शूटरले सामाजिक सञ्जालमा साझा गरिएको भिडियो अनुसार भनेको छ ।षड्यन्त्रमा अरु कोही छ कि छैन भन्ने जवाफमा गोली प्रहार गर्नेले भने, यो षड्यन्त्र मैले एक्लै रचेको हो, यसमा अरु कोही संलग्न छैन। म मोटरसाइकलमा आएर काकाको पसलमा पार्क गरेँ। उनको मोटरसाइकलको शोरुम छ। पाकिस्तानमा हत्याको योजना नया होइन यस अगाडि बेनजीरको पनि हत्गा गरिएको थियो यो हत्याको लामो इतिहास पाकिस्तानले सामना गरेको छ यो हत्याको योजना असफल बनेपनि यसले पाकिस्तानी राजनीतिमा सेना र आईएसआईलाई ७५ बर्षको इतिहासमा अग्नी परिक्षामा उतारेको छ । घरेलु राजनीतिमा केन्दमा रहेको आईएसआईले भारत समेत एशियामा बदनाम इतिहास बनाएको पृष्ठभूमिमा यो घटनाले आइएसआईको बदनाम पाकिस्तान भित्रै भएको छ । सेना समेत आईएसआई पाकिस्तानमा बिबादम आएको यो घटनाले परमाणु सहित रहेको पाकिस्तान देश दुनियाकालागि अर्को खतरा बन्न सक्छ किनकी पाकिस्तान आर्थिक अस्थिरता मात्रै होइन राजनीतिक अस्थिरतामा निरनतर अगाडि बडिरहेको छ । जुन देशका हरेका शासक सत्ताबाट हटेपछि देशबाट भागेर दुबई वा लण्डनमा बसेर पाकिस्तानमा फर्कने दिन कुर्छन । पाकिस्तानको भाग्यमा यो भन्दा राम्रो इतिहास लेखिएको छैन जसको भाग्यमा लोकतन्त्र निरन्तर सेना र आईएसआईको कब्जामा राखिनु रहेको थियो यसलाई पठानी नेता इमरान खानले बदल्न खोजेका छन तर थाहा छैन उनी पनि पाकिस्तानको पुराना शासक भन्दा फरक हुन सक्छन कि सक्दैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?