गठबन्धन सय भाइको जमात उनीहरू कुरू क्षेत्रतिर जान्छन् : ओली


काठमाडौं,  १९  कात्तिक  (अबप) :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले एक्लै बहुमतको सरकार बनाउन सक्ने दाबी गर्नुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा अध्यक्ष ओलीले एमालेबाहेक कोहीले देशको विकास गर्न नसक्ने दबी गर्नुभयो । अध्यक्ष ओलीको भनाइ छ, ‘एमाले एकातिर छ भने अर्कोतिर सय भाइ कौरभ छन्। यी सय भाइ कौरभ कुरुक्षेत्रमा जान्छन्। हामीले एउटा सबल भिजनमा स्पष्ट भएको सरकार दिन्छ।’ उहाँले एमालेले अगाडि सारेको भिजन र मिसनलाई तलमाथि नपर्नेगरी सरकारमा सामेल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धन दलका कुनै नीति नै छैन ।’

अध्यक्ष ओलीले अगाडि भन्नुभयो, ‘अस्ति एउटा नेताले भन्नेको तपाइँहरुले सुन्नुभएकै होला। हामी तेस्रो शक्ति हुन्छौँ रे। तर, हाम्रो महत्वपूर्ण भूमिका हुन्छ रे भनेको के बुझ्नुभएको होला। त्यो भनेको हामी विचौलिया हुन्छौँ भनेको हो। जता लाग्यो त्यता सरकार बन्ने खालेको हुन्छ। यता पनि मोलतोल उता पनि मोलतोल गछौँ। तर, हामी मोलतोलको सरकारको पक्षमा छैनौँ।’

उहाँले गठबन्धन दलले घोषणापत्र निकाल्न बाध्य भएकाले निकालेको मात्रै बताउँदै केही पनि नभएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘घोषणापत्र शब्दहरुको थुप्रो मात्रै हो। जनता अलमल्याउने खेल मात्रै हो। त्यसलाई हामीले पराजित गर्नुपर्छ। यो सामान्य निर्वाचन होइन। सवल राष्ट्रिय शक्ति कि स्वार्थहरुको गठजोड भन्नेमा फैसला हुनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?