आज खग्रास चन्द्रग्रहण : कुल १ घन्टा २३ मिनेट ग्रहण देखिने


काठमाडौं,  २३  कात्तिक (असनबजार पत्रिका)  :  आज मंगलबार खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहणले पूरै चन्द्रमा ढाक्ने जनाएको छ । साँझ ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिने छ ।

नेपालबाट कुल १ घन्टा २३ मिनेट ग्रहण देखिने बताइएको छ । सामान्यतः ग्रहण लाग्नु नौ घण्टा अघिदेखि नै सुतक लाग्ने भएकाले शास्त्रीय मान्यता पछ्याउनेहरुले आज बिहान ८ बजेर ११ मिनेटपछि भोजन गर्न नहुने जनाइएको छ । तर, बालबालिका, वृद्धवृद्धा, बिरामी र अप्ठेरो अवस्था हुनेहरुलाई भने त्यसको प्रदोष नलाग्ने पनि शास्त्रीय ब्याख्या रहेको छ । सुतक अवधिभर बार्नेहरुले ग्रहण सकिएपछि मात्र भोजन गर्नु उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यही कात्तिक ८ गते औंसीका दिन खण्डग्रास सूर्यग्रहण लागेको थियो । यसरी यो वर्ष कात्तिक महिनाका दुवै पक्षमा ग्रहण परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?