राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको गाडीमा तोडफोड


चितवन,  २७  कात्तिक  (अबप)  :  राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ ।

इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रहरीले जनाएकाे छ । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडी तोडफोड गर्नेहरुकाे खाेजी भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?