गोरखामा एमाले उम्मेदवार अब्दुस मियाँ समर्थित टिममाथि आक्रमण, एकजना पक्राउ


काठमाडौं, २८ कात्तिक (असनबजार पत्रिका)  : गोरखा क्षेत्र नं २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टिमलाई आक्रमण गरेको हो ।

आक्रमणबाट होटलको टेबुल, कुर्सी तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा हुनुहुन्थ्यो । आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उहाँलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

गोरखा प्रहरीका अनुसार राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको बताएको छ । कुटपिट गर्ने अन्य तीन फरार छन् । यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?