प्रकाशमानलाई हराउन ११ स्वतन्त्रले गरे आफ्नो उम्मेदवारी निष्क्रिय


काठमाडौं,  १  मंसिर  (असनबजार पत्रिका) :  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रकाशमान सिंहलाई चुनावमा हराउन त्यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका हुन् ।उनीहरूले सत्तागठबन्धनका साझा उम्मेदवार सिंहलाई हराउने उद्देश्यले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् । १५ वर्षसम्म यही क्षेत्रबाट जिते पनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले सिंहलाई हराउनैपर्ने चुनावी मैदान छाडेकाहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?