ललितपुरको प्रदेशसभा-२ मा कांग्रेसका रामकृष्ण चित्रकार विजयी


ललितपुर,  ६  मंसिर  (असनबजार पत्रिका)  :   ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा-२ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार विजयी भएको छ ।

मतगणनामा चित्रकारले ६ हजार ९९५ मत पाएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानेन्द्र शाक्‍यले ६ हजार ८३२ मत मात्र ल्‍याए । यस्तै हाम्रो नेपाली पार्टीका उम्‍मेदवार मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४, राप्रपाकी हसिना शाक्यले ३ हजार ७८५, नेपाल मजदुर किसान पार्टी महेन्द्र ब्रह्मचार्य १ हजार १६८ र राष्ट्रिय जनमुक्ति पार्टीका रामहरि कपालीले १५८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?