माओवादीको खातामा दुई सिट, घर्तीमगर र दाहाल विजयी


काठमाडौं : प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले दोस्रो जित हात पारेको छ। रुकुमपूर्वबाट माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगर विजयी बनेका हुन्। उनले प्राप्त गरेको मत १२ हजार २६२ छ। यससँगै, माओवादी प्रतिनिधिसभामा २ सिटमा विजयी बनेको छ। यसअघि सिन्धुली–२ मा माओवादी केन्द्रका  लेखनाथ दाहाल विजयी भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?