कमलामाई (सिन्धुली), ७ मङ्सिर : सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ पाँच हजार आठ सय ३० मतान्तरले विजयी हुनुभएको हो । दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो हुनुभएको छ । उहाँले एक हजार पाँच सय ५३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो हुनुभएको छ ।
एमालेका विष्ट विजयी
गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी हुनु भएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी हुनुभएको हो । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गर्नु भएको छ । यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी हुनुभएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो । उहाँको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जित्नुभएको छ । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जित्नुभएको थियो । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय हुनुभएको थियो । —
सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी
सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी)की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । आज बिहान सार्वजनिक मतपरिणाअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गर्नुभएकी लुङ्गेलीले १३ हजार छ सय ७६ मत पाउनुभएको थियो । लामाले भने छ हजार नौ सय ७७ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले पनि पाँच हजार नौ सय ४५ मत ल्याउनुभयो । जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनुभएकी लङ्गेली पार्टी विभाजन भएपछि नेकपा(एकीकृत समाजवादी) पार्टीमा लाग्नुभएको थियो ।
सप्तरी–३ को (ख)मा जनमत पार्टीका साह निर्वाचित
सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । सप्तरी–३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणममा उहाँ ४८ मतान्तरले विजयी हुनुभएको हो । निकटमप्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार आठ सय १४ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले नौ हजार दुई सय एक मत प्राप्त गर्नुभएको थियो । यसैगरी सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्य९१०मा जनमत पार्टीका सतिश सिंह र प्रदेशसभा ९२०मा महेश यादव निर्वाचित हुनुभएको थियो ।
काठमाडौँ २ को दुवै प्रदेशमा राप्रपा विजयी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौँ क्षेत्र नं २ (२) राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गर्नुभएको छ । यसअघि काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोल्नुभएको थियो । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याउनुभएको थियो । समानुपातिक मतगणना सुरु काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना सुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो । (रासस)