राष्ट्रिय स्वतन्त्र पार्टीको जित हा..हा..हु..हु. हो : अध्यक्ष ओली


काठमाडौं, , ८  मंसिर (असनबजार पत्रिका) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको निर्वाचन परिणामलाई देश हा..हा..हु..हु.. तर्फ लैजान खोजेको व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । झापामा बिहीबार पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको उल्लेख गरे ।

 

अध्यक्ष ओलीले रास्वपाले उपलब्धि आसिल गर्नुमा समाजिक सञ्जाल र सञ्चारमाध्यमहरूको कृपा भएको थप व्यङ्ग््य गरे । उनले नेपालका वुद्धिजीविहरूले मुलुकलाई गलत दिशातर्फ अगाडि लैजान खोजेको बताए । ओलीले भने, ‘उदय भनेर जे प्रचार, जे प्रोपगान्डा गरियो, त्यो वास्तवमा तपाइँहरु सञ्चार माध्यमको कृपा हो’ उनले भने, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको वौद्धिक जगतले । ‘ के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हा…हा… हु..हु..मा देश त चल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?