काठमाडौँ, ८ मङ्सिर : भक्तपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका नेपाली काँग्रेसका दुर्लभ थापालाई बिहीबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै निर्वाचन अधिकृत लोकनाथ पराजुली । उहाँ गठवन्धनकातर्फबाट निर्वाचित हुनुभएको हो । मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराउनुभएको हो ।सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २४ हजार २३९ मत पाउनुभयो भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २३ हजार २८२ मत पाउनुभयो । यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ७ हजार १२७ मत पाउनुभयो । तस्बिर : रत्न श्रेष्ठ÷ रासस