श्रीलङ्कामा मट्टितेलको मूल्य ५० रूपैयाँ घट्यो


कोलम्बो, १७ फागुन (सिन्ह्वा) श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैयाँ घटाइएको छ । श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गर्नुभएको हो । राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ ।मट्टितेलको मूल्य प्रतिलिटर ५० रूपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर तीन सय पाँच रूपैयाँ कायम गरिएको छ । औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर एक सय ३४ रूपैयाँले घटेर ३ सय ३० रूपैयाँमा झरेको निगमले जनाएको छ । सन् २०२२ मा घरेलु आर्थिक सङ्कटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टितेलमा अत्यधिक सहुलियत दिइएको थियोसन् २०२२ को अगष्टमा सीपीसीले मट्टितेलको मूल्य प्रतिलिटर ८७ रूपैयाँबाट बढाएर तीन सय ४० रूपैयाँ र नोभेम्बर २०२२ मा तीन सय ६५ रूपैयाँ पु¥याएको थियो । जनवरी २०२३ मा यसको मूल्य घटाएर तीन सय ५५ भारु मा झारिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?