अभिनेता निर्देशक सतीश कौशिकको निधनमा बलिउड शोकाकुल


मुम्बई ( एजेन्सीहरु ) बलिउडका अभिनेता(निर्देशक सतीश कौशिकको बुधबार ६७ वर्षको उमेरमा निधन भएको छ।सतीशका नजिकका साथी अनुपम खेरले बिहीबार बिहान सबेरै सामाजिक सञ्जालमा खबर साझा गरे अनुसार उनको निधन दिल्लीमा आफनो घरमा परिबारसंग होली मनाएको बेलुका भएको थियो । अनुपमले खबर सेयर गरेलगत्तै बलिउड सेलिब्रेटीहरूले दिग्गज अभिनेताको निधनमा शोक सन्देश दिएका छन ।
अभिनेताको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।निर्देशक हंसल मेहताले लेखेका छन्, ूसतीश जी धेरै चाँडै गए। कसरी भन्नु यो स्मरण निरन्तर रहनेछ । हामीहरुले राम्रो पात्रहरूको लागि तपाईंको भोक, कथाहरूप्रतिको तपाईंको जोश र जीवनप्रतिको तपाईंको प्रेम अपूरणीय छ। हाम्रो फिल्म सँगै ुएक निर्देशक की मौत अब फिल्म रहेन। ओम शान्ति। हंसलले हालै आफ्नो बहुप्रशंसित श्रृंखला ुस्कैम १९९२ु सिजन वनमा सतीशलाई निर्देशन गरेका छन्। बलिउडका कलाकारहरुले शोक ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?